दैलेख-दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भैरवी गाउँपालिका–५, बैटाकुरामा बँदेलको आक्रमणबाट ५० वर्षीय पदमबहादुर बिष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर वरालले जानकारी दिनुभयो ।
घरनजिकै बारीमा काम गरिरहेका बिष्ट बँदेलको आक्रमण गरे लगतै घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार







