२०८३ भदौ २७ , शनिबार

घरेलु उद्योगमा महिलाको आकर्षण बढ्दै



 

यामराज बिष्ट
दैलेख असोज२७गते । जिल्लामा पछिल्लो समयमा महिलाहरू स्वयम उद्यमी बन्ने र उद्योग सञ्चालन गर्ने क्रम आकर्षण बढेको छ । केहि बर्ष पहिले घरायसी धन्दामै समय व्यतित गर्ने महिलाहरु सिप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । महिलालाई परम्परा व्यवसायलाई पर छाडेर उद्योगतर्फ लागेपछि आम्दानी मात्र नभई आत्मनिर्भरताको बाटोमा लगेको छ । जिल्लामा महिलाहरु आयआर्जनका कार्यमा सक्रिय भएका महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गरेका छन् ।

जिल्लामा कसैले व्यक्तिगत उद्योग र कसैले सामुहिक रुपमा व्यवसाय चलाएका छन् । तर जिल्लामा केही महिलाहरु उद्यमीहरु छन् जो अहिले सफल व्यवसायीका रुपमा आफुलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् । आफैमा आत्मनिर्भर हुनु पर्दछ भन्ने सिकाइले पनि महिलाहरुले उद्योगतर्फ आकर्षित भएको संलग्न महिला उद्यमीहरु बताउँछन् ।
नारायण नगरपालिका–५का३३बर्षिया जगती हमालले नारायण नगरपालिका –१ स्थित पुरानो बजार नजिकै पञ्चकोशी ज्वाला सेनिटरी प्याड उद्योग सञ्चालन गर्नुभएको छ । उहाँले आफ्नै ठाँउमा केही गर्नुपर्छ भन्ने सोचका साथ नारायण नगरपालिकाको १८लाख सहयोग र एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले ५लाख गरी २३लाखको लगानीमा सेनिटरी प्याड उद्योग सञ्चालन गरिएको बताउनुभयो । २०७८साल देखि सुरु गरिएको सेनिटरी प्याड उद्योग पछिल्लो समयमा बर्षिक रुपमा १२लाख सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
उद्योमी हमालले भन्नुभयो,“महिलाले केही गर्न सक्दैनन् भन्ने हाम्रो समाजको मान्यता थियो ।त्यही मान्यतालाई चिर्न उद्योग संञ्चालन गरिएको हो । सेनिटरी प्याड उद्योग संञ्चालन भएपछि घर खर्च देखि छोराछोरीलाई पढाउन र अन्य काम गर्नलाई सजिलो भएको छ ।,,
उहाँले अहिले तालिम सिकेर उद्योग सञ्चालन गरेपछि धेरैलाई आफूले सिकेको सीप अरूलाई समेत तालिम दिएर उद्योगमा जोड्नुभएको छ । पछिल्लो समयमा जिल्लामा उत्पादन गरिएको सेनिटरी प्याड कस्मेटिक, विद्यालय,स्वास्थ्य चौकी लगायतका बजारमा सामानले बिक्री हुने गरेको उद्योमी हमालको भनाई छ । उहाँको उद्योगमा सेनेटरी प्याडहरू उत्पादन गर्नको लागी ४जना कर्मचारीले समेत रोजगारी पाएका छन् । अहिले उहाँहरुले उत्पादन गरेका सेनेटरी प्याडहरू जिल्लाभरी नै विक्री हुने गरेको छ ।

 

यस्तै दुल्लु नगरपालिका–८चगत्राका ३२वर्षीय बिन्दु उपाध्यायले पनि विगत ११ वर्षयता देखि व्यावसायिक रूपमा सिलाईकटाई व्यवसाय सुरु गर्नुभएको छ । उहाँले तीन महिने सिलाई–कटाई तालिम सिकेपछि दैलेखको नारायण नगरपालिका–६बर्षपार्क नजिकै पछिल्लो समयमा सिलाई–कटाई व्यवसाय संञ्चालन गरिरहनु भएको छ । सिलाई–कटाइ ब्यवसाय संञ्चालन गरेपछि घर खर्च जुटाउन देखि लिएर बालबच्चा पढाउन सजिलो भएको उहाँको भनाई छ ।
यतिमात्र कहाँ होर सीप सिकेपछि अब उहाँलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । सिलाई–कटाइ तालिम सिकेपछि पछिल्लो समयमा घर परिवार चलाउन सहज भएको बिन्दुले बताउनुभयो । कक्षा १२ अध्ययन गर्दै गर्दा विवाह गरेपछी बिन्दुले आफू र श्रीमान आम्दानीको श्रोत नभएपछि आफ्नै देशमा केही गरौँ भनेर विकल्प खोज्न थाल्ल्नुभयो ।अहिले आफ्नो पेशा सिलाई–कटाई ब्यवसाय प्रति निकै सन्तुष्ट रहेको सिलाईकटाई व्यवसायी उपाध्यायले बताउनुभयो ।
सिलाई–कटाइ व्यवसाय मार्फत अहिले मासिक रुपमा४०देखि४५ हजार रुपैयाँ कमाई हुने गरेकोे उहाँको भनाई छ । उहाँले युवयुवतीलाई काम पाईएन भनेर विदेशिनु भन्दा आफ्नै ठाउँमा अवसर खोजनुपर्ने बताउनुभयो । जिल्लामा पछिल्लो समयमा थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै महिलाहरु आत्मनिर्भरसमेत बन्दै गएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार
प्रतिक्रिया