२०८३ जेठ २० , बुधबार

डढेलो रोकथाम गर्न पूर्वतयारी



 


यामराज बिष्ठ
दैलेख । दैलेख जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन विशेष अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना, डिभिजन वन कार्यालयको समन्वयमा गरिएको कार्यक्रममा सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरिएको हो ।
वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि वन व्यवस्थापनमा जोड दिनुपर्ने दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण र प्रतिकार्यका लागि पुर्व तयारी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुनपर्ने डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर प्रसाद शाहले बताउनुभयोे । उहाँले जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।
यस्तै बर्सेनि डढेलोको समस्या हुने गरेपनि नियन्त्रण प्रभावकारी हुन सकेको गुनासो स्थानिय बिष्णु प्रसाद अधिकारीले गुनासो गर्नुभयो । सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न बन डढेलो न्यूनीकरण तथा ब्यवस्थापन तालीमले धेरै कुरा सिकाएको बताउनुभयो।
डढेलो नियन्त्रण गर्न पूर्वतयारी राज्यले लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जाने नेपाल रेडक्रस सोसाईटी दैलेखका सभापति निर्जन कुमार खत्रिले बताउनुभयो । उहाँले वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुरक्षा निकायले वनमा लागेको डढेलो नियन्त्रण कसरी गर्ने विषयमा प्रशिक्षण दिएका छन ।मानिसलाई उद्दार गर्ने विषयमा विभिन्न किसिमको तालिम दिएको थियो । दैलेख जिल्लामा झन्डै ४ सय सामुदायिक वन छन् ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार
प्रतिक्रिया