
दैलेखमा लगातार मानवीय क्षति गराइरहेको जंगली बदेलविरुद्ध अन्ततः कडा कदम चालिएको छ। मान्छे मार्ने बदेललाई गोली हान्ने आदेशसहित बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली दैलेखमा खटिएको छ।
डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमर शाहका अनुसार भैरबी गाउँपालिका–५ बैटाकुरा क्षेत्रमा तीन वटा बदेल देखिएका छन्। बदेल नियन्त्रणका लागि पासो थाप्ने कामसमेत सुरु गरिएको छ। नागरिकको ज्यान लिने बदेलको स्पष्ट पहिचान भएपछि मार्नेसम्मको आदेश दिइएको उहाँले जानकारी दिनुभयो।
बदेलको आक्रमणबाट शनिबार भैरबी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदमबहादुर विष्टको मृत्यु भएको थियो। यसअघि माघ १२ गते भैरबी गाउँपालिका–६ कुर्माकोटका ७७ वर्षीय प्रदीप सिंहको पनि बदेलकै आक्रमणबाट ज्यान गएको थियो
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार







