२०८३ जेठ २० , बुधबार

एमाले जनतामा विश्वासको घर बनाएर अघि बढिरहेको पार्टी हो :उम्मेदवार शर्मा



दैलेख । नेकपा एमाले कर्णाली प्रदेशका उपसचिव तथा दैलेख क्षेत्र नं-१का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रवीन्द्रराज शर्माले एमाले  नेपाली जनतामा विश्वासको घर बनाएर अघि बढिरहेको पार्टी भएको बतानुभएको छ । नारायण नगरपालिका -११ को वडा परिचालन कमिटीले आयोजना गरेको कार्यक्रम तथा स्थानीय मतदातासंगको छलफलका क्रममा शर्माले जनताको समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

दैलेख जिल्लामा विकास भएको बताउँदै शर्माले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने उनको भनाइ छ । विगतमा (एमाले) सरकारका पालामा मुलुक दिगो विकासतर्फ अघि बढेको स्मरण गर्दै शर्माले भदौ २३ र २४ गतेको आन्दोलन जेनजीका नाममा अन्य विखण्डनकारी तत्त्वले हालमा लिएर मुलुक अराजकतातर्फ धकलेको बताउनुभयो । शर्माले दैलेखको विकास र जनताका आकाङ्क्षा परिपूर्तिका निम्ति यहाँका आम नागरिकले (एमाले) को सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

नेकपा एमाले मुलुकको विकासमा अघि बढेको नेकपा एमालेका केन्द्रिय सदस्य पार्वती बिशुन्केले बताउनुभयो । उहाँले आगामी निर्वाचनमा (एमाले)का उम्मेदवारलाई निर्वाचित गर्न सबै तहका नेता÷कार्यकर्ता एक भएर चुनावी मैदानमा होमिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार
प्रतिक्रिया