दैलेख। दैलेखमा चक्कू प्रहार गरी एक जनाको मृत्यू भएको छ । चक्कू प्रहारबाट घाइते भएका दुल्लू अस्पतालमा उपचारको क्रममा दुल्लू नगरपालिका-४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
फुटबल खेलेर फर्किदै गरेका खनाललाई दाहिने कोखाबाट अगाडि पेटतिर निस्कने गरी चक्कू प्रहार गरी भागेका दुई जना दुल्लू नगरपालिका-१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षका विभूषण शाहीलाई प्रहरीले घटनास्थलबाट करिव १०किलाेमीटर टाढा चामुण्डाको जंगलबाट नियन्त्रणमा लिएको छ
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार







