२०८३ जेठ २० , बुधबार

कार्य सम्पादन मुल्यांकनमा डुङ्गेश्वर गाँउपालिका पहिलो



दैलेख फागुन १गते । डुङ्गेश्वर गाउँपालिका, कार्यसम्पन्न मुल्यांकनमा दैलेख जिल्लामा पहिलो भएको छ । जिल्लाका ११ वटा स्थानीय तहमा मध्ये डुङ्गेश्वर गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर पहिलो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्याङकन वापत स्थानिय तहले प्राप्त गरेको अङकका आधारमा डुङ्गेश्वर गाउँपालिका प्रथम भएको हो । डुङ्गेश्वरले १७ वटा सुचकमा ६३ दशमलव १५ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । नारायण नगरपालिका ६१ दशमलव २६ अंक ल्याएर दोश्रो भएको छ ।

यस्तै ठाँटीकाध गाँउपालिका५६दशमलव९७अंक ल्याएर जिल्लामा तेश्रो भएको छ ।दुल्लू नगरपालिका ५६दशमलव१५अंक,महाबु गाँउपालिका ५२दशमलव ६३ अंक गुराँस गाँउपालिका५०दशमलव १४अंक, आठबिस नगरपालिका४९दशमलव ६५अंक,भगवतीमाई गाँउपालिका४९दशमलव ५४ अंक,नौमूले गाँउपालिका४८दशमलव४४अंक, चामुण्डा बिन्द्रासैनिक नगरपालिका ४३दशमलव ८६ अंक, भैरवी गाँउपालिका ३९दशमलव ७९अंक रहेको छ ।

शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका लगायत नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्ने डुङ्गेश्वर गाँउपलिकाका प्रमुख प्रसासकीय अधिकृत सम्सेर रानामगरले बताउनुभयो । उहाँले स्थानीय नागरिक, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संघसंस्थाको साथ र सहयोगले यो नतिजा हासिल भएको बताउनुभयो ।
आयोगले स्थानीय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको हेर्ने गर्छ ।
स्थानीय तहको हकमा समयमा बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको देखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मुल्यांकनको आधार मानिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार
प्रतिक्रिया