२०८३ जेठ १९ , मंगलबार

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा जोड



दैलेख – नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले भनिन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी निर्णयमा मात्रै सीमित नभई अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ,एभरेष्ट क्लबद्वारा सञ्चालित पावर परियोजनाको आर्थिक सहयोग, पञ्चकोशि अपाङ्गता मञ्च तथा नारायण नगरपालिकाको समन्वयमा आयोजित  कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भौतिक संरचना निर्माण गरी विपद्को बेलामा अति जोखिममा पर्ने भनेको अपाङ्गता भएका व्यक्ति भएकाले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गता भएकारूको सहभागिता अनिवार्य गर्न आवश्यक रहेको  बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागू हुन नसकेको पञ्चकोशि अपाङ्गता मञ्च दैलेखका अध्यक्ष कमल बहादुर खड्काले बताउनुभयो ।उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै दैलेख जिल्लामा परियोजनाले गर्ने काम र परियोजनाको लक्ष्य उद्देश्यबारे जानकारी गराउँदै परियोजनाले १३ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी तथा यूवाहरुको जीवन स्तरमा सुधार ल्याउन सहयोग गरेको पावर परियोजना जिल्ला संयोजक भुपेन्द्र खत्रीले बताउनुभयो । उहाँले परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई परियोजनाले प्राथमिकतामा राखी काम गरेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन र सामाजिक सहभागिताको सुनिश्चितता गर्न सबैले सहयोग गर्नुपर्ने नारायण नगरपालिका दैलेखका सामाजिक बिकाश अधिकृत खमबहादुर थापाले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा पहुँचयोग्य बनाउन सके मात्रै अधिकार कार्यान्वयन हुने धारणा राख्नुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले भने कानुनमा लेखिएको अधिकार र निणर्यहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सबैले अपाङ्गता भएका ब्यात्तिलाई आफूले पाउने सेवा सुविधाको बारेमा जानकारी अनिवार्य थाहा पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सवारी साधनलाई अनिवार्य पहुँचयुक्त ढाँचामा रूपान्तर गर्दै अपांगता भएका व्यक्तिका लागि ५० प्रतिशत भाडादर छुट पाउने सूचना प्रवाह गर्दै पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

 

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार
प्रतिक्रिया