काठमाण्डौ ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार







