दैलेख । दैलेख जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सरकारी गाडी दुरुपयोग रोक्न कडाइ गरिने भएको छ । निर्वाचन आयोग नेपाल निर्वाचन आचारसहिता अनुगमन अधिकृत प्रनिनिधिसभा सदस्य निर्वाचन दैलेखले निर्वाचन अवधिभर जिल्लामा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो ।
जिल्लामा निर्वाचन अवधिभर सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही अगाडी बढाईने दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले बताउनुभयो । उहाँले निर्वाचनका बेला हुने उम्मेदुवारले आयोजना गर्ने जुलुसआमसभा,कोणसभा,बैठकमा सरकारी सवारी साधन प्रयोग नपाइएने बताउनुभयो ।
उहाँले निर्वाचनका लागी जिल्लामा आवश्यक सुरक्षा रणनीति अपनाइएको बताउनुभयो । उहाँले जिल्लामा शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।
जिल्लामा राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले भोजभतेर खुवाउने काम र राष्ट्रिय झन्डाको दुरुपयोग रोक्नु अनुगमन गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी ठकुराठीको भनाई छ ।
दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । यही फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेख जिल्लाभर १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र रहेका छन् ।
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार







