यामराज बिष्ट
दैलेख । यही फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा १ हजार२सय५३जना भन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख अनुसार निर्वाचनका लागि १हजार २सय ५३ जना भन्दा कर्मचारी खटाइने भएको हो ।
दैलेख जिल्लामा ११ स्थानीय तह रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या दुई १ लाख ६१ हजार २ सय ४ जना मतदाता रहेका दैलेख जिल्लामा निर्वाचन कार्यालय दैलेखले जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन क्षेत्र नं. १ मा ७९ हजार ७०१ मतदाता निर्वाचन क्षेत्र नं २ मा ८१ हजार ५०३ अन्तिम मतदाता कायम गरेको छ ।
दैलेख जिल्लामा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीका खटाइएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर २सय१०जना मतदान अधिकृत २सय १० जना नै सहायक मतदान अधिकृत खटाइने तयारी छ ।दैलेख निर्वाचन क्षेत्र नं १ मा ७३ स्थानमा १०६ मतदान केन्द्र निर्वाचन क्षेत्र नं २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको छ।
यही फागुन २१हुने निर्वाचन सुरक्षाका लागि मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिनेछन् भने बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने सुरक्षा निकायले जनाएको छ । जिल्ला सदरमुकामको काँडाचौरस्थित नेपाली सेनाको कालिदत्त गुल्म, दुल्लूस्थित बेस क्याम्प समेत दुई वटा सेनाको संरचना भएकै ठाउँ यसैगरी ठाँटीकाँध गाँउपालिकाको लकान्द्रमा नयाँ कम्पनी अप्रेसन बेस स्थापना गरिएको कालिदत्त गुल्मले दैलेखका गुल्मपति सेनानी सवलजंग शाह जानकारी दिनुभयो । निर्वाचन सुरक्षा प्रभावकारी बनाउन ग्रामीण क्षेत्रमा संवेदनशील क्षेत्रको निगरानी गरिरहेको सेनानी शाहले बताउनुभयो ।







