२०८३ जेठ २० , बुधबार

निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह



 

दैलेख । आसन्न निर्वाचनको सन्दर्भमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ । दैलेखको जम्बुकाँधमा नागरिक समाज र पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

निर्वाचनमा बालबालिकाको अधिकार संरक्षण र चुनावको समयमा दुरुपयोग रोक्नका लागि सबैले सहयोग गर्नुपर्ने शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समितिका सचिव बिष्णु न्यौपानले बताउनुभयो । उहाँले
विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको दुरुपयोग रोकथाम सम्बन्धी व्यवस्था गरिएकाले नागरिक समाज, अभिभावक, राज्यलगायत सबैको सामुहिक जिम्मेवारी हुनुपर्ने जोड दिनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले राजनीतिक दल र उम्मेदवारहरुका कार्यक्रमहरुमा बालबालिका दुरुपयोग रोकथाम विषयमा नागरिक समाज र पत्रकारहरुसंग गरिएको अन्तरक्रियाले निगरानी बढाउने बढाउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको संरक्षणमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

चामुण्डाबिन्द्रासैनी स्तरीय नागरिक समाजका सचिव प्रकाश भण्डारीले जिल्लामा निर्वाचनको समयमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र होइन, नेपालको कानुनको पनि उल्लङ्घन हुने बताउनुभयो । उहाँले बालअधिकारका हननका घटना हुँदै आएकोले यस पटक त्यस्तो घटना नदाहोरियोस् भन्दै सहकार्य आवश्यकता दर्शाउनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार
प्रतिक्रिया