२०८३ जेठ २० , बुधबार

अन्तर सङ्काय खेलकुद प्रतियोगीता सुरु



 

यामराज बिष्ट
 दैलेख। शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य सहित नारायण बहमुखी क्याम्पसले दोश्रो अन्तर संकायस्तरीय क्याम्पस कप खेलकुद कार्यक्रम सुरु गरेको छ । क्याम्पसले शैक्षिक स्तर उकास्ने मुख्य उद्देश्यले दाेस्रो अन्तर संकायस्तरीय क्याम्पस कप खेलकुद कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा धुर्बकुमार गौतमले शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारमा अतिरिक्त क्रियाकलापले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउने बताउनुभयो । उहाँले विश्वविद्यालय स्वरोजगारी सिर्जना गर्ने र प्रतिस्पर्धामा अब्बल बनाउन शिक्षण प्रणाली तयारी गरिरहेको बताउनुभएको छ । उहाँले क्याम्पसको शैक्षिक गुणस्तरले विद्यार्थी बढ्ने र सरकारी श्रोतमा सहज हुने भएकोले क्याम्पसलाई मेहनत गर्न उहाँले सुझाव दिनुभयो ।

यस्तै मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा पन्नाबहादुर थापाले खेल मानव जिवनको अभिन्न अंग भएको यसले विद्यार्थीको शारीरिक सुदृढता, नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान दिने बताउनुभयो। उहाँले शिक्षा आर्जनमा विद्यार्थीको उत्कृष्टतासँगै खेलकुदलाई पनि विश्वविद्यालयको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाहीले यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, स्वास्थ्य र आपसी सहकार्यको भावना विकास हुने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले स्थानिय सरकारले खेलबुद षेत्रमा लगानी गरेको बताउनुभयो । उहाँले खेलकूको विकासका लागि नारायण नगरपालिका सधैं सहयोगी रहने बताउनुभयो ।दोश्रो अन्तर संकाय खेलकूद प्रतियोगितामा नारायण बहुमुखी क्याम्पसमा स्नातक तर्फ शिक्षा, मानविकी र व्यवस्थापन संकाय तथा स्नातकोत्तर तहमा शिक्षा संकाय अध्ययनरत विधार्थीहरुले भलिबल, फूटसल, दौड, म्यूजिकल चियर लगायतका खेलहरुमा संकायगत प्रतिस्पर्धा गर्ने क्याम्पसले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार
प्रतिक्रिया