दैलेख – दैलेखमा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ । जिल्लाका सबै स्थानिय तहका वडा कार्यालयबाट दिइने सिफारिस अनलाइन प्रणालीबाटै थालिएको हो ।
अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्त्वपूर्ण कदम अघि बढेको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले गर्न लागेको सूचना प्रविधि सुविधा असल अभ्यास भएको बताउनुभयो ।
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारी कामलाई छिटो छरितो र प्रविधि मैत्री बनाउन नागरिकता सिफारिसलाई अनलाइन प्रणाली लिन लागिएको बताउनुभयो । नागरिकता सिफारिस अनलाइन प्राणालीलाई नारायण नगरपालिकामा कात्तिक पहिलो साता र अरु पालिकाहरुमा कात्तिक तेश्रो सातादेखि अनलाइनबाट नागरिकता सिफारिस लागू हुने बताउनुभयो ।
सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजात लिएर वडामा गएपछि वडा कार्यालयले प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने उहाँले बताउनुभयो।







