२०८३ भदौ २८ , आइतबार

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



दैलेख । दैलेखमा एक दिने प्रतियोगितात्मक जिल्ला स्तरीय विज्ञान हाजिरीजवाफ तथा नारायण नगर स्तरीय बिज्ञान बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन मावि नयाँबजार विद्यार्थीको शैक्षिक क्षमता विकासका लागि आयोजना गरिएको एक दिने प्रतियागितातमक जिल्ला स्तरीय विज्ञान हाजिरीजवाफ तथा नारायण नगर स्तरीय बिज्ञान प्रदर्शनी कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

जिल्ला स्तरीय बिज्ञान विषय हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण माबि प्रथम, त्रिभुवन मावि द्धितिय लक्ष्मी मावि रतिखोला तृतिय भएको त्रिभुवन मावि दैलेखका प्रधानाध्यापक निरकबहादुर तारामीले बताउनुभयो । उहाँले नारायण नगर स्तरीय बिज्ञान प्रर्दशन कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयले प्रथम, फुलबारी बिध्यामन्दिर द्धितिय, सरस्वती मावि तर्ताङ तृतिय स्थान हासिल गरेको बताउनुयो ।विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक तारामीको भनाई छ ।

यस्तै कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत बमबहादुर केसिले यस्ता कार्यक्रमले विद्यार्थीले विभिन्न प्रकारका शैक्षिक विद्याहरु र आफूमा भएका कला पनि पर्दशन गर्ने बताउनुभयो । उहाँले विद्यालयले निरन्तर शैक्षिक गुणस्तरबृद्धि जोडदिनुपर्ने बताउनुभयो ।

 

गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी बढाएर लैजानुपर्नेमा नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले जोड दिनुभयो । उहाँले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै आजको आवश्यकता सिप मुलक शिक्षा भएको बताउनुभयो ।

 

यस्तै विद्यालय व्यवस्थापन समिति कार्यबाहक अध्यक्ष गणेश बिशीले जिल्लामा वैज्ञानिक अनुसन्धान वा विद्यार्थीहरुलाई नवप्रबन्धनात्मक कार्यमा लगाउने उदेश्यले विज्ञानका सामग्री प्रदर्शनले विद्यार्थीहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

 

यस्ता खाले कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा मद्धत पुग्ने विद्यालयका साहयक प्रधानाध्यापक शक्ति राम बुढाले बताउनुभयो। उहाँले अहिलेको युग विज्ञान, प्रविधि र सिपको भएको भन्दै विद्यार्थीलाई एकोहोरो रट्न मात्र लगाउने भन्दा दैनिक प्रयोगमा आउने सीप र कलासँग सम्बन्धित विज्ञान प्रविधिसम्बन्धी ज्ञान सिकाउनु बढी सान्दर्भिक हुने बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका- १का वडाध्यक्ष शैलेश श्रेष्ठ जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रास टेकराज कडेल, नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्याय, बरिष्ठ साहयक शिक्षक लिलाराम सिजापती ,  विद्यार्थी, अभिभावक, शिक्षक, सहितका सरोकारवाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार
प्रतिक्रिया