
दैलेख । डिभिजन वन दैलेखमा कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ। कार्यालय प्रमुख अमरप्रसाद शाहले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार देखिन थालेको हो।
सरकारी कार्यालयमा सेवा प्रभावकारितालाई अभिवृद्धि गरी जनतालाई सहज र सरल रुपमा सेवासुविधा प्राप्त गर्न ई–हाजिरी लागू गरिएको कार्यालय प्रमुख अमर शाहले बताउनुभयो। उहाँले ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थित भए, कति बेला बिदा भए सबै देख्न सकिने बताउनुभयो ।उहाँले कर्मचारीको अनुपस्थितिका कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारीहरु कार्यालय समयभित्र कतै जान नसकुन् भनेर यो प्रविधि लागू गरिएको जानकारी दिनुभयो ।

उहाँले सब- डिभिजनमा खानेपानी कार्यालय ब्यवस्थापन,ब्यवस्थापन गर्न ग्रिल गेट ,सिसि क्यामरा जडान, ईन्टभटर ,गाडेनको ब्यावस्थापन ,सब- डिभिजनमा फोनको ब्यस्थापन, कार्यालयमा अहिले भौतिक संरचनाका काम भईरहेको कार्यालय प्रमुख शाहको भनाई छ।
‘केही वर्षअघिसम्म कार्यालयबाट प्रदान गरिने सेवा र भौतिक संरचना पनि त्यति व्यवस्थित थिएन, कार्यालय प्रमुख शाहले भन्नुभयो अहिले सेवासँगै कार्यालयको भौतिक संरचनामा पनि सुधार आएको छ।’राज्य संचालन गर्ने प्रशासनिक संयन्त्र चुस्त, पारदर्शी, नतिजामुखी तथा जनमुखी हुनुपर्ने खाँचो महसुस गरिएको छ ।







