२०८३ जेठ २० , बुधबार

देशको विकास र जनताको काम गर्ने पार्टी एमाले हो : मुख्यमन्त्री कँडेल



 

दैलेख ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास र जनताको काम गर्ने पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले डुङ्गेश्वर गाउँ कमिटीले चुप्रामा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताउनुभयो।उहाँले देशको विकास र समृद्धिको बाटोमा एमाले चाहिने र यसमा जनताले साथ दिने बताउनुभयो । उहाँले अहिले देशलाई विकास र समृद्धिको बाटोमा लैजान फेरि पनि एमालेको सरकार बन्नुपर्ने बताउनुभयो ।

 

यस्तै दैलेख क्षेत्र नं-१का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रवीन्द्रराज शर्माले  मतदातालाई झुटा आश्वासन देखाएर मत लिने दिनको अन्त्य भएको बताउनुभयो । उहाँले  जनताको समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था बताउनुभयो  । दैलेख जिल्लामा विकास भएको बताउँदै शर्माले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने बताउनुभयो । उहाँले आफ्नो पार्टीमा आबद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिबद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो ।

यस्तै नेकपा एमाले डुङ्गेश्वर गाँउ कमिटीका इन्चाज तथा गुराँस गाँउपालिका अध्यक्ष टोप बहादुर बिशीले एमालेलाई जिताउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । उहाँले विकास गर्न एमाले कै नेतृत्व चाहिने भन्दै देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभयो । एमालेलाई विजयी गराउने जिम्मा जनताको काँधमा रहेको उहाँको भनाइ छ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार
प्रतिक्रिया