२०८३ जेठ २० , बुधबार

निर्वाचन अवधिभरि मदिरा बिक्री निषेध



 

दैलेख । दैलेखमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
निर्वाचनलाई सभ्य र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री र सेवनमा प्रतिबन्ध लगाएका हो ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा नहुँदासम्म यो नियम लागू रहने जानकारी प्रशासनले दिएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित झैझगडा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो । प्रशासन का अनुसार यो आदेश उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीलाई प्रचलित कानुन बमोजिम तत्कालै कारबाहीको दायरामा ल्याइनेछ।

जिल्ला सुरक्षा समितिले जारी गरेको सूचना आदेशलाई उल्लङ्घन गरी मदिराजन्य बस्तु प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कार्वाही गरिने उल्लेख छ ।

 

 

 

 

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार
प्रतिक्रिया