२०८३ जेठ १९ , मंगलबार

हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी



हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४, चाला र वडा नं–६ लिमीका तीन मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भइरहेको छ ।

चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकोप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
प्रतिक्रिया