२०८३ जेठ १९ , मंगलबार

मतदाताको प्रतीक्षामा मतदान केन्द्र



 


यामराज बिष्ट
दैलेख। दैलेख जिल्लामा आज  हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारी र निर्वाचन सामग्री पुगेसँगै तयारी पूरा भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरूले कार्यस्थल व्यवस्थापन र बुथ निर्माण भए संगै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो ।उहाँले जिल्लाभरी स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँ लगायत तयार पुरा भएको बताउनुभयो ।
निर्वाचनका लागि कर्मचारी देखि लिएर सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन भई सकेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर २सय१०जना मतदान अधिकृत २सय १० जना नै सहायक मतदान अधिकृत खटाइएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं १ मा ७३ स्थानमा १०६ मतदान केन्द्र निर्वाचन क्षेत्र नं २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको छ । दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । फागुन२१ गतेको निर्वाचनको लागी दअन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा ८ हजार ६ सय ३५ कर्मचारी र १८ हजार ५ सय २८ सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्णाली प्रदेशभर १० लाख ३७ हजार २ सय ५० मतदाता छन् भने १२ निर्वाचन क्षेत्रमा १ सय ३८ जना उम्मेदवारी रहेका छन् ।

निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि  साँझ ५ बजेसम्म मतदान गर्न पाउने बताएको छ । निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको छ । तर मतदाता नामावलीमा नाम भने दर्ता भएको हुनु पर्छ ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार
प्रतिक्रिया