२०८३ जेठ १९ , मंगलबार

दैलेखमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, करिब ४४ प्रतिशत मतदान



 

यामराज बिष्ट
दैलेख । । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेखका दुई वटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ४४.५४ प्रतिशत मत खसेको हो ।

दैलेख जिल्लामा७१ हजार८सय१३ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले दैलेख निर्वाचन क्षेत्र नं १ मा ३७ हजार ७सय५६ मत खसेको बताउनुभयो । उक्त क्षेत्रमा २०हजार ८सय१५ पुरुष र १६ हजार ९सय४१ महिला मतदाताले मतदान गरेका निर्वाचन अधिकारी नरबहादुर सलामीले जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा३४ हजार ५७ मत खसेको छ । जसमा १८ हजार ६सय६९ पुरुष र १५ हजार ३सय८८ महिला मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
दैलेख जिल्ला निर्वाचन कार्यालय दैलेखको पछिल्लो अपडेट अनुसार स्थायी र अस्थायी मतदाता गरी कुल दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला जना मतदाता रहेका छन् ।

बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साँझ ५ बजेसम्म जिल्लाका २ सय १० वटा मतदान स्थलवाट मतदान भएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार
प्रतिक्रिया