२०८३ जेठ १९ , मंगलबार

दैलेख १ मा कांग्रेसकी थापा विजयी



दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवारना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । शुक्रबार विहानदेखि थालिएको मतगणनामा दैलेख क्षेत्र नं। १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका रबिन्द्रराज शर्माले ११ हजार ७९६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंह ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल बिश्वकर्माले २३५, राजमोका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदबार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका उम्मेदवार मेनुका श्रेष्ठले १६ मत पाउनुभएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
प्रतिक्रिया