२०८३ जेठ १९ , मंगलबार

दैलेख–२ मा एमालेका पोखरेलको अग्रता



 

दैलेख । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा भएको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता लिनुभएको छ ।प्रारम्भिक मत परिणाम अनुसार पोखरेलले ८हजार २सय ७३मत मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका दिक्पालकुमार शाही५हजार७सय७०मत नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाही२हजार७सय२मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाहीले३हजार१सय५४मत,नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १हजार३सय९७ मत प्राप्त गर्नुभएको छ ।

दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
प्रतिक्रिया