२०८३ जेठ १९ , मंगलबार

दैलेख–२ मा एमालेका पोखरेल विजयी



 

दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेल फराकिलो मतान्तरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार ८ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिनुभयो ।

पोखरेलका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५ सय ५२ मत पाउनुभएको थियो । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पोखरेललाई पराजित गरी दिक्पालकुमार शाही झिनो मतान्तरमा जित्नुभएको थियो । पोखरेलले २०७० को दोश्रो संविधानसभा सदस्य पदमा जितेर एक कार्यकाल संसदीय अभ्यास गरिसक्नुभएको छ ।

यस्तै रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७ सय ९७, नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८ सय ५१, नेमकिपाका बखतबहादुर थापाले १ हजार ५ सय १२ मत पाउनुभएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार
प्रतिक्रिया