२०८३ जेठ १९ , मंगलबार

आईसीसी टी–२० विश्वकप क्रिकेट फाइनलः उपाधीका लागि भारत र न्यूजिल्याण्ड खेल्दै



आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल्न मैदानमा उत्रँदा भारत र न्युजिल्यान्ड दुवै इतिहास रच्ने लक्ष्यमा हुनेछ ।साविक विजेता समेत रहेको भारत इतिहास रच्ने अभियानमा नजिक छ भने न्युजिल्यान्डका लागि पहिलो पटक विश्वकप जित्ने अर्को अवसर आएको छ । ग्लोबल स्टेजमा राम्रो प्रदर्शन गरिरहेपनि न्युजिल्यान्ड ट्रफीबाट टाढा रहँदै आएको छ ।

नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि दुवै टिमले फरक किसिमले फाइनल यात्रा तय गरेका थिए । विश्वकपमा राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकासँग सुपर ८ मा हारपछि सम्हालिएर अघि बढेको भारतले अर्को दुई पटकको विजेता इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले उतारचढावपूर्ण यात्रा तय गर्दै समूह चरण र सुपर ८ मा एक(एक हार बेहोरेपनि सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साझ सवा ७ बजे शुरू हुनेछ ।

 

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार
प्रतिक्रिया