२०८३ भदौ २८ , आइतबार

विभेद हटाउन कानुन कार्यान्वयनमा जोड



 

दैलेख । दैलेखमा महिला माथि हुने भेदभाव न्यूनिकरणका लागि विभेद हटाउन कानुन कार्यान्वयनमा जोड दिएका छन् । ११६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा नारायण नगरपालिका नारायण नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको आयोजनामा गरिएको कार्यक्रममा सहभागीले  विभेद अन्त्य गर्न कानून बनाएर मात्र नभई जनचेतना जगाउनुपर्नेमा जोड  हुन ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले समाजमा महिला विभेदको शिकार बन्नुपरेको भन्दै छुवाछुत अन्त्यका लागि सरकारलाई झक्झकाउन आग्रह गर्नुभयो । उहाँले महिनावारीको समयमा महिलाले छाउगोठमा बस्नुपर्ने, घरेलु हिंसा सहनपर्ने नियम बनाए पनि कार्यान्वयनम नभएको गुनासो गुर्नभयो । उहाँले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले राम्रो काम गरिरहेकालाई पुरस्कृत र गलत गर्नेहरुलाई कडा रुपमा कानूनी कारवाही सजाय हुुनपर्ने बताउनुभयो । उहाँले जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बुढाले लैंगिक समानता हरेक घरबाट सुरु हुनुपर्ने तर्क राख्नुभयो । उहाँले नागरिक समाज संस्था र राज्यका सबै निकायहरुको सक्रिय भूमिका चाहिएको बताउनुभयो ।

लैंगिक समनाता संञ्जालका जिल्ला अध्यक्ष रत्ना रेग्मीले जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिला माथि विभेद गर्नेलाई कारवाही हुने उल्लेख भएपनि कार्यान्वयन हुन नसकेको गुनोसो गर्नुभयो । उहाँले समाजमा महिला माथि भइरहेको लैंगिक हिंसा रोकथामका निम्ति समुदायको भूमिका र राज्यको अग्रसरता जोड दिनुभयो । ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार
प्रतिक्रिया