२०८३ जेठ १९ , मंगलबार

१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक



 

काठमाण्डौ ।प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबैभन्दा धेरै १२५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।

पछिल्लो पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएको छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयोगले नेकपाका मातृकाप्रसाद यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि गएको बिहीवार मतदान भएको थियो । यस्तै अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार
प्रतिक्रिया