जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स-रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् ।
अस्पतालको एक्स-रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स-रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार







