काठमाडौं। इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेल २८ मार्च मा हुने छ, जहाँ गत सिजनको विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसीबी र सनराइजर्स हैदराबाद एसआरएच बीच प्रतिस्पर्धा हुनेछ।
यो खेल बेङ्गलुरुको एम। चिन्नास्वामी स्टेडियममा खेलाइनेछ। यही मैदानमा गत वर्ष ४ जुन मा आरसीबीले पहिलो पटक उपाधि जितेपछि गरिएको विजय परेडका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार








