
दैलेख । नारायण नगरपालिकामा शिक्षाको गुणस्तरियता सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा इ हाजिरी मेसिन जडान गरिएको छ । नगरपालिकाले ९ वटा माध्यमिक विद्यालयमा‘ई’ हाजिरी मेसिन जडान गरेको हो ।
नगरपालिका भित्र पर्ने आफ्नो क्षेत्रभित्रका विद्यालय निगरानी गर्नेगरी ‘ई’ हाजिरीलाई लागू गरिएको नारायण नगरपालिपालिका शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले यो प्रणालीले पधानाध्यापकहरूको जिम्मेवारीलाई पनि सहज बनाएको अन्य निमाविमा पनि केही समय पछि‘ई’ हाजिरी मेसिन जडान गरिने बताउनुभयो ।
उहाँले विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक नियमित विद्यालय आए नआएको जस्ता गुनासालाई कम गर्न र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको शाखा प्रमुख उपाध्यायको भनाई छ।
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार







