
यामराज बिष्ट
दैलेख । पछिल्लो केही दिनयता स्वास्थ्य सेवा कार्यालय दैलेखमा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । अस्पतालमा मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
मौसम परिर्वतनका कारण अस्पतालमा अन्य बिरामीसँगै झाडापखाला तथा ज्वरो टाइफाइड, निमोनियाल गायतका बिरामी पनि आउने गरेका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताउनुभयो । दैनिक उपचारका लागी करिब २सय बढी बिरामी आउने गरेको उहाँले बताउनुभयो । जिल्लामा मौसम परिर्वतनका कारण उपचारका लागी आउने बिरामी संख्या अहिले पहिलेको भन्दा आजभोली दिनप्रतिदिन सेवा लिने वृद्धि भइरहेको उहाँले बताउनुभयो ।
उहाँले बिरामीको चाप बढेपछि बेड अभावका कारण कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यो याममा धुलो, धुवाँका कारण पनि स्वास्थ्य समस्या धेरै देखिने गरेको निमित्त प्रमुख विश्वकर्माको भनाई छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा एक वर्षमा झण्डै ४०देखि४५ हजार सेवा लिने आउने गरेका छन् । अस्पताल भवन निर्माणको काम नसकिएसम्म सेवा प्रवाह समस्या हुने स्थानिय बिमला कुमारी खत्रीले बताउनुभयो ।जिल्लामा आवश्यक जनशक्ति, भौतिक संरचना र उपकरण उपलब्ध गराइएमा बिरामीलाई उपचारमा सहज हुने उहाँको भनाई छ ।







