२०८३ जेठ १९ , मंगलबार

स्थापना दिवसका अवसरमा फलफूल वितरण



 

दैलेख । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको २५ औँ स्थापना तथा लोक दोहोरी दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेका करिब ४० जना बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल दैलेख शाखाका अध्यक्ष हेमराज अधिकारीले बताउनुभयो ।उहाँ अनुसार प्रत्येक बिरामिलाई केरा, अङ्गुर, सुन्तला, वितरण गरिएको हो ।

यस्तै दैलेख राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष यामराज बिष्टले फलफूल वितरणले बिरामीको मनोबल बढाउने बृद्धि गर्न मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता खाले कार्यक्रमले बिरामीलाई केही मात्र भएपनि हौसला प्रदान हुने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा मनोज विश्वकर्मा, प्रतिष्ठानका कोषाध्यक्ष उपेन्द्र खत्री, सह-कोषाध्यक्ष उर्मीला बिशी, सदस्य बबिता बिष्ट लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार
प्रतिक्रिया