२०८३ जेठ १९ , मंगलबार

कार्यसम्पादन मूल्याङ्कनमा भगवतीमाई गाउँपालिका उत्कृष्ट



दैलेख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र०८२को कार्यसम्पादन मूल्याङ्कन अनुसार भगवतीमाई गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिकाले ६७ दशमलव ५१ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको हो ।

यस्तै डुङ्गेश्वर गाउँपालिका ६३ दशमलव १३ अंकसहित दोस्रो ठाँटीकाध गाउँपालिका ६१ दशमलव ९६ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।त्यसैगरी नारायण नगरपालिका ६१ दशमलव २३, गुराँस गाउँपालिका ६० दशमलव ७१, महाबु गाउँपालिका ५७ दशमलव ६३, दुल्लु नगरपालिका ५६ दशमलव १४, आठबीस नगरपालिका ४९ दशमलव ६४, नौमुले गाउँपालिका ४८ दशमलव ४३, चामुण्डा बिन्द्रासैनी नगरपालिका ४३ दशमलव ८५ र भैरवी गाउँपालिका ३९ दशमलव ७८ अंक प्राप्त गरेका छन् ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।

प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार
प्रतिक्रिया