२०८३ जेठ १९ , मंगलबार

दैलेखमा स्वयंसेविकालाई सम्मान



 

दैलेख । दैलेखमा स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ। स्थानीय स्तरका नागरिकको स्वास्थ्य सेवामा योगदान पु¥यायको भन्दै नारायण नगरपालिका वडा नम्बर -६ ले महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको हो ।
वडा तहको स्वास्थ्य सेवामा योगदान पु¥यायका ६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई एक कार्यक्रमकाबीच नगद सहित सम्मान गरिएको वडा अध्यक्ष जनक प्रसाद न्यौपानेले बताउनुभयो ।उहाँले ६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगद आठ हजार ३ सय सहित सम्मान गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य प्रवद्र्धन र जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार
प्रतिक्रिया