२०८३ जेठ १९ , मंगलबार

दैलेखमा विश्व उपभोक्ता दिवस मनाइयो



दैलेख । दैलेखमा  पनि विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ ।“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,दैलेखको आयोजनामा त्रिवेणी संगम मावि चुप्पामा दिवस मनाइएको हो ।

उपभोक्ताहरु सचेत र जागरुक बन्नुपर्नेनेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले बताउनुभयो । उहाँले उपभोक्ताको हकहितका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँलले खाद्य पदार्थ तथा सामानहरु बुझेरमात्र खरिद तथा उपभोग गर्न उपभोक्ताहरुमा आग्रह गर्नुभयो ।

यस्तै त्रिवेणी संगम मावि चुप्पाका प्रधानाध्यापक तेज बहादुर विक सबै उपभोक्तालेआफूले प्रयोग गर्ने सामानहरुको गुणस्तर, मूल्यकोबारेमा सचेत हुनु पर्ने बताउनुभयो । उहाँले उपभोक्ताका हक अधिकारका लागि बनेका ऐन सुनुवाइलाई कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उत्पादनलाई विषादी रहित र व्यवसायीहरुले मिसावट रहित बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकाका प्रमुख नवराज शाहीले विद्यार्थीले सिकेका कुरा व्यवहार उतार्न आग्रह गर्नुभयो । उहाँले उपभोक्ताले सामान किन्दा मिति राम्रो सँग हेर्नू पर्ने र जानाजानी मिति सकियका बस्तुहरु बिक्रि गरेको पाएमा तत्काल कारवाहि गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्ताका अधिकारी बारे सबैले जानकारी पाउनुपर्ने अधिकार रहेको बताउनुभयो ।

यस्तै सबै नागरिक सचेत र सजग रहनु पर्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर बहादुर थापाले बताउनुभयो। उहाँले अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै कानून अनुसार चल्न सबैलाई आग्रह समेत गर्नुभयो ।

उपभोक्ता, उपभोक्ताका हक तथा अधिकारहरु र कानुनी उपचार एवं सचेतनाको विषयमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सुचना अधिकारी पशुराम आर्चायले सहजीकरण गर्नुभएको थियो । उपभोक्ता अधिकारको विषयमा सचेतना फैलाउने उद्देश्यसहित विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरिएको थियो।कार्यक्रममा जनप्रतिनिधि। विद्यार्थी, शिक्षक, व्यापारी, कर्मचारी सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार
प्रतिक्रिया