२०८३ भदौ २८ , आइतबार

इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन माग



 

दैलेख ।इनिसा बिक हत्या प्रकरणको छानविन र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ। अखिल नेपाल महिला संघ जिल्ला कमिटी दैलेखले जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन–पत्र बुझाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरी पीडितलाई न्याय दिलाउन आग्रह गरिएको हो  ।

 

घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्नुपर्ने अखिल नेपाल महिला संघ जिल्ला कमिटी दैलेखका अध्यक्ष तप्ता कुमारी खड्का थापाले बताउनुभयो । उहाँले हत्या र बलात्कार जस्ता जघन्य अपराधका घटना पुनः दोहोरिन नदिन आवश्यक परे कानुनमा संशोधन गरेर भए पनि कडा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिद पार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार
प्रतिक्रिया