२०८३ जेठ १९ , मंगलबार

सरकार गठनको तयारीमा रास्वपा



काठमाडौँ । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ ९१८२ स्थान० जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ।प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेसँगै रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएपछि पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा केन्द्रित भएका छन्।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदहरूको चैत १२ गते संसद् भवनमा शपथग्रहण भएपछि संसदीय दलको विधान परिमार्जनलाई अन्तिम रूप दिइने र त्यसपछि संसदीय दलको नेता चयन गरिनेछ। त्यसलगत्तै प्रधानमन्त्रीको शपथग्रहण गर्ने तयारी छ।

संसद् सचिवालयले आगामी चैत १२ गते सबै सांसदको शपथ खुवाउने कार्यक्रम राखेको छ । त्यसको दुई दिनपछि अर्थात् चैत १४ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्रीमा नियुक्ति लिने तयारी गरेका छन् ।

त्यसअघि रास्वपाले आफ्नो विधान संशोधन गरेर बालेन्द्रलाई दलको नेता बनाउनुपर्नेछ । दलको नेता चयनका लागि विधान संशोधन गर्न यही शनिबार रास्वपाको बैठक बस्ने तयारी छ।

सोहीअनुसार वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न विधान परिमार्जन गर्ने विषयमा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले आन्तरिक गृहकार्यमा जुटेका छन्।

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बिहीबार प्रमाणपत्र वितरण गरिसकेको छ। साथै आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ।

सङ्घीय संसद् सचिवालयले रास्वपा, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिसँग परामर्श गरी चैत १२ गते सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा सांसदहरूलाई शपथ गराउने जनाएको छ।

सांसदहरूको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार
प्रतिक्रिया