
दैलेख । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । शिवनाथ गाउँपालिका–६ कानली निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा कार्यरत पूर्व भलिबल खेलाडी बिर बहादुर चन्दले विद्यार्थीहरूको उन्नति, प्रगति र हौसला अभिवृद्धिका लागि नगद पुरस्कार घोषणा पुरस्कारको घोषणा गर्नु भएको हो ।
उहाँले २०८२ सालको वार्षिक परीक्षामा कृष्ण आधारभूत विद्यालय, कानलीमा कक्षा १ देखि ५ सम्म ३ GPA भन्दा माथि प्राप्त गर्ने एक जना उत्कृष्ट विद्यार्थीलाई रु २००० नगद तथा कक्षा ६ देखि ८ सम्म ३ GPA भन्दा माथि ल्याउने एक जना उत्कृष्ट विद्यार्थीलाई रु ३००० नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले कृष्ण आधारभूत विद्यालयका पूर्व विद्यार्थी समेत रहेका चन्दले विद्यार्थीहरूमा अध्ययनप्रति प्रेरणा जगाउने र उनीहरूको मनोबल बढाउने उद्देश्यले यस्तो पहल थालेको बताएका बताउनुभयो।
उहाँले यस्ता खाले सहयोगले विद्यार्थीहरूलाई पढाइप्रति उत्साहित गराउन र नियमित विद्यालय उपस्थितिको संस्कार विकास गर्न, ग्रामीण क्षेत्रका विद्यार्थीलाई थप मिहिनेत गर्न प्रेरणा मिल्ने बताउनुभयो। “विद्यार्थीहरूको मिहिनेत, लगनशीलता र अनुशासनलाई सम्मान गर्न सके मात्र शैक्षिक गुणस्तर सुधार सम्भव हुन्छ” उहाँले भन्नुभयो ।







