२०८३ जेठ १९ , मंगलबार

विश्व क्षयरोग दिवसमा प्रभातफेरी



 

दैलेख । विश्व क्षयरोग दिवसको अवसरमा दैलेखमा प्रभातफेरी र सचेतना र्‍याली निकालिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय दैलेखले विश्व क्षयरोग दिवस मनाएको छ ।

क्षयरोग समयमै पहिचान, उपचार र रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्यले प्रभातफेरी र सचेतना र्‍याली निकालिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक डा मनोज बिश्वकर्माले बताउनुभयो ।उहाँले क्षयरोगको लक्षण देखिँदा उपचार गर्न आउने र औषधि नियमित खाए पूर्ण रुपमा निको हुने बताउनुभयो ।उहाँले क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज उपचारको प्रबन्ध गराउने उद्देश्यका साथ क्षयरोग दिवस मनाउने गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका चिकित्सक सहित दैलेख टेक्निकल स्कूलका विद्यार्थी र नागरिक समाजका अगुवाहरु समेतको सहभागिता रहको थियो ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा। रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार
प्रतिक्रिया