२०८३ जेठ १९ , मंगलबार

आइपीएलको उद्घाटन खेलमा आरसीबी विजयी



एजेन्सी – आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर आरसिबीले सनराइजर्स हैदराबाद लाई ६ विकेटले हराएको छ। खेल चेन्नास्वामी स्टेडियममा सम्पन्न भएको हो।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा‌ विकेट गुमाएर २ सय ३ रन बनाउँदै पूरा गर्यो।

आरसिबी हुन का लागि विराट कोहली ले ६९ रन बनाउनुभयो भने देवदत्त पदिकल ले २६ बलमा ६१ रन बनाउँदै टोलीलाई जित नजिक पुर्‍याउनुभयो। हैदराबादका लागि इशान किशन ले ३८ बलमा ८० रन बनाउनुभयो, तर त्यसैले टोलीको जीत सुनिश्चित गर्न सकेन।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार
प्रतिक्रिया