
काठमाडौं । नेकपा एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने भएको छ। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै २१ गते सांसदहरूलाई अभिमुखीकरण दिने तय भएको दलका नेता रामबहादुर थापा बादलले बताउनुभयो। प्रशिक्षण कार्यक्रममा प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरू सहभागी हुनेछन्।
विधेयकहरूबारे परामर्श लिनको लागि चार सदस्यीय कार्यदल समेत गठन गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार







