
यामराज बिष्ट
दैलेख ।पछिल्लो समयमा नारायण नगरपालिकाले सञ्चालन गरेको गर्भवती महिलासँग उप–प्रमुख कार्यक्रम प्रभावकारी बनेको छ । गर्भावस्थामा आराम आवश्यक हुने भए पनि घरपरिवारको दबाब, पोषिलो आहारमा विभेद तथा अत्यधिक कामको जिम्मेवारी जस्ता पुराना प्रचलनका कारण महिलाले समस्यालाई मध्यनजर गर्दै सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
गर्भवती महिलाको आत्मविश्वास वृद्धि गर्दै गर्भावस्थामा आवश्यक सावधानीबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नारायण नगरपालिकाका उप–प्रमुख तप्ता थापाले बताउनुभयो । उहाँले नगरपालिकाले कार्यक्रम संञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने तथा आमा र शिशुको पोषणमा सुधार ल्याउन सहयोग पुगेको बताउनुभयो । उपप्रमुख थापाले भन्नुभयो “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा नपाउँदा नवजात शिशुमा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा समेत समस्या आउने जोखिम रहन्छ। यस्ता जोखिम न्यूनीकरण गर्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका र्हौ ।,,

यस्तै नारायण नगरपालिकाका स्वास्थ्य अधिकृत सातौं लालबहादुर खड्काले नगरपालिकाका सबै वडामा सञ्चालन भइरहेको यस कार्यक्रमले घरमै असुरक्षित प्रसूति गर्ने र नियमित गर्भ परीक्षण नगर्ने समस्या न्यूनीकरण गर्न सहयोग पुगेको बताउनुभयो । कार्यक्रमपछि गर्भवती महिला, सुत्केरी आमा र शिशुको पोषण अवस्थामा पनि सुधार आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नारायण नगरपालिका२,३,४,५६,७,८९वडामाउप–प्रमुख कार्यक्रम गरिएका नगरपालिकाका सबै वडामा निरन्तर रूपमा सञ्चालन गरिने बताउनुभयो ।
नीति तथा कार्यक्रमअनुसार गर्भावस्थामा खानपान, स्वास्थ्य सेवा, स्याहार–सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नारायण नगरपालिका दैलेखले विगत केही वर्षदेखि निरन्तर रूपमा “गर्भवती महिलासँग उप–प्रमुख भेटघाट कार्यक्रम” सञ्चालन गर्दै आएको छ । कार्यक्रममा स्वास्थ्य सम्बन्धी प्रवचन, अन्तरक्रिया गरिनुका साथै सहभागी गर्भवती महिलालाई हातधुने साबुन, क्याल्सियम चक्की, सन्देशमूलक सामग्री, ढाकाको लेडिज ब्याग प्याकेज सेट तथा खाजा खर्च बापत नगद रु २०० वितरण गर्ने गरिएको छ ।
नगरपालिकाले सञ्चालन गरिएको ‘गर्भवती महिलासँग उप–प्रमुख’ कार्यक्रम निकै उपयोगी भएको नारायण नगरपालिका–८ सिमाडाका स्थानिय अमृता बिकले बताउनुभयो ।उहाँले यस कार्यक्रमले गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, पोषिलो आहार र नियमित स्वास्थ्य जाँचबारे राम्रो जानकारी दिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “पहिले गर्भ जाँच नियमित गराउने बानी थिएन । अहिले कार्यक्रम मार्फत जानकारी पाएपछि समयमै स्वास्थ्य संस्थामा जाँच गराउन थालेकी छु ।” उहाँले यस्तो कार्यक्रमले आमा र शिशुको स्वास्थ्य सुधारमा ठूलो टेवा पु¥याएको भन्दै निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।








