काठमाडौँ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा शुक्रबार नियन्त्रणमा लिइएको हो।अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान चलिरहेको थियो।
सोही अनुसन्धानको आधारमा सीआईबीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।यसअघि बिहीबार व्यवसायी दीपक भट्टलाई सिआईबीले सम्पत्ति शुद्धीकरणकै मुद्दामा पक्राउ गरेको थियो।
प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार







