२०८३ जेठ १९ , मंगलबार

हुम्लामा नुनको अभाव



हुम्ला। हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकामा नुनको अभाव भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन ढुवानी गर्ने जिम्मा पाएको कम्पनीले समयमा ढुवानी नगर्दा ताँजाकोट र अदानचुली गाउँपालिकामा नुनको अभाव भएको हो । ताँजाकोट गाउँपालिका–३ का स्थानीय झुल शाही साल्ट ट्रेडिङले ढुवानी अनुदानको नुन ढुवानी गर्न ढिलाइ गरेका कारण नुनको अभाव भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “एक वर्षअगाडि पाएको नुन सकिएको र यस वर्षको नुन ढुवानी भइनसकेका कारण अभाव हुन थालेको हो ।” साल्ट ट्रेडिङले नुन ढुवानी गर्न नसक्दा उपभोक्ताले बजारमा प्रतिकेजी ४० रुपियाँमा तिरेर नुन खरिद गर्नु परेको गुनासो गरेका छन् । गत वर्ष साल्ट ट्रेडिङले प्रतिघरधुरी ५० केजी नुन उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार
प्रतिक्रिया