
दैलेख।लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं मैतीदेवीको सहयोग तथा लायन्स क्लब अफ दैलेखको समन्वयमा जिल्ला अस्पताल दैलेखलाई करिब ५ लाख रुपैयाँ मूल्यको फाइनकेयर थ्री प्लस एनालाइजर मेसिन प्रदान गरिएको छ।उक्त मेसिन लायन्स क्लब दैलेखका लायन्स लिडर तथा लायन्स वर्ष २०२५र०२६ का अध्यक्ष राजु कुमार खत्री लगायतको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको हो।
मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला अस्पताल दैलेखका प्रमुख मनोज विश्वकर्माले उक्त सहयोगले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा सहयोग पुर्याएको भन्दै लायन्स क्लब अफ काठमाडौं मैतीदेवी तथा क्लबका चार्टर्ड प्रेसिडेन्ट एमजेएफ लायन भेषराज श्रेष्ठप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगले जिल्लाका सेवाग्राहीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताएका थिए।







