यामराज बिष्ट
दैलेख । पछिल्लो समय दसैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा लोप हुँदै गएको छ । पहिला गाउँका खुला चउर, रुख, घरका आँगनमा हालिने पिङ पिङ लोप हुँदै गएको हो ।
नारायण नगरपालिका–११ का टंकबहादुर बिष्टले पछिल्लो समयमा गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताउनुभयो । उहाँले नेपाली मौलिक संस्कृतिको लगायत विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्नेगरिए पनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने गरेको बताउनुभयो। उहाँले पहिला पहिला दशैँ तिहारमा पिङ खेल्ने चलन धेरै गरेको तर हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली संस्कृति विस्तारै हराउँदै गुनासो गर्नुभयो ।
पछिल्ला केही वर्ष यता पिङ लोप हुन थालेको गायक लोकेन्द्र कुमार जिसी कुमारले बताउनुभयो । उहाँले कतिपय ठाउँमा त संस्कार तथा संस्कृति समेत पुस्तान्तरण हुन नसक्दा पिङ नै लोप हुँदैगएको बताउनुभयो । उहाँले विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन सबैले जगेर्ना गर्दै जानुपर्ने बताउनुभयो ।
यस्तै जिल्लामा पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको दुल्लु नगरपालिका –८ का वडाध्यक्ष शुशिल कुमार भण्डारीले बताउनुभयो । उहाँले दैलेख जिल्लामा केही वर्षअघिसम्म गाउँगाउँमा दसैँ–तिहारको समयमा लगाउने गरेपनि पिङ अब वर्षेनी लोप हुँदै गइरहेको बताउनुभयो । उहाँले त्यस्ता परम्परागत रुपमा रहेका मौलिक कलासंस्कृति पिङ लगायत बचाउन स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ लोप हुने अवस्थामा पुगेको साझा युवा क्लबका अध्यक्ष राकेश विकले बताउनुभयो । गाउँघरका चोक, चौर, चौतारामा चाडपर्व अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको अहिले हराउदै गएकोले यसलाई संरक्षण गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक ६ गते बिहीबार







