२०८३ जेठ १९ , मंगलबार

दैलेखमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै



 

दैलेख, वैशाख १२ गते। दैलेखको दुल्लु नगरपालिका–१० स्थित नाभिस्थान मन्दिर परिसरमा भोलीदेखि पञ्चकोशी धार्मिक पर्यटन मेला सुरु हुने भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजनामा वैशाख १३ देखि १९ गतेसम्म मेला सञ्चालन हुनेछ।

“धर्म, संस्कृति र पर्यटनको संगम, पञ्चकोशी मेला हाम्रो पहिचान” भन्ने नारासहित हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयाे।उहाँका अनुसार मेलामार्फत पञ्चकोशी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

मेलामा स्कन्द पुराण वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन, पूजा–आरती तथा पञ्चकोशी क्षेत्रको धार्मिक यात्रा कार्यक्रम रहनेछन्। साथै पुज्य माता कृति किशोरीजीबाट कथा–पुराण वाचन गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार
प्रतिक्रिया