
दैलेख, वैशाख १९ गते ।दैलेखमा प्रहरीले पेस्तोल जस्तो देखिने हतियार सहित एक जना पक्राउ गरको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुल्लु नगरपालिका–१ निवासी ४२ वर्षीय बिरेन्द्रकुमार खड्कालाई मंगलबार साँझ करिब ४ बजे घरमै खानतलासीका क्रममा नियन्त्रणमा लिइएको हो।
प्रहरीले गोप्य सूचनाका आधारमा खड्काको घरमा छापा मारेको थियो। सो क्रममा घरबाट पेस्तोल जस्तो देखिने वस्तु बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार








