२०८३ जेठ १९ , मंगलबार

सरकारी अस्पताल प्रति सेवाग्राहीको आकर्षण बढ्दो



यामराज बिष्ट दैलेख कात्तिक ११गते । पछिल्लो समयमा सरकारी अस्पताल प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । सेवाग्राहीका लागी सरकारी अस्पतालमामा भनेजस्तै सेवा सुविधा भएपछि सेवाग्राहीको विश्वास बढेको हो ।
नारायण नगरपालिका–११ का बलबहादुर मल्ल आफ्नो३०बर्षिय बहिनी बाल कुमारी शाहीको उपचार लागी दैलेख जिल्ला अस्पताल पुग्नुभयो । उहाँकी बहिनीलाई भदौ–४भैसीले हानेर गभिर घाइते बनायो । गुप्तांग अंगमा धेरै ठुलो चोट लागेका कारण उहाँ गभिर घाईते हुनुभयो । उहाँलाई चोट गहिरो लागेका कारण गाँउका स्वास्थ्य चौकीमा भनेजस्तै उपचार नहुने भएपछि गाँउको स्वास्थ्य चौकीले उहाँलाई जिल्लाको अस्पतालमा रिफर गरिदियो । उहाँको जिल्ला अस्पतालमा ल्याएपछि स्वास्थ्य अवस्था सुधार हुँदै गएकोे बताउनुभयो । पछिल्लो समय सरकारी अस्पतालमा भनेजस्तै सरकारी अस्पतालप्रति सर्बसाधारणको विस्वास बढदै जान थालेकाले मल्लको भनाई छ ।
यस्तै डुङ्गेश्वर गाउँपालिका–४का एमुना थापा कार्कीले पनि छोरीको उपचारका लागी जिल्ला अस्पताल दैलेखमा आउँउनुभयो । उहाँले सहजरुपमा स्वास्थ्य सेवा प्रवाह भएकाले सहजभएको बताउनुभयो । उहाँले अहिलेको पहिलो अहिले नागरिकले सहजरुपमा सेवा सुविधा पाएको बताउनुभयो । उहाँले अस्पतालमा धेरै सुविधा थप भएपछि निजी अस्पताल र स्वास्थ्य संस्थाभन्दा सरकारी अस्पतालमा बिरामीको चाप वृद्धि भएको बताउनुभयो । उहाँले नागरिकलाई सेवा प्रवाह गर्न अझै सेवा सुबिधा बिस्तार गर्नु पर्ने बताउनुभयो ।

विगतभन्दा दिन प्रतिदिन सरकारी अस्पतालमाप्रति सेवाग्रहीको आकर्षण बढ्दै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज बिकले बताउनुभयो । जिल्लामा गर्भवती सेवा नाक, कान, घाँटी, शल्यव्रिmया, मनोरोग, मुटुरोग ,हाड जोर्नी तथा नसाको दुःखाइ, रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा सुधार भएको डाक्डर विकको भनाई छ । जिल्लामा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे, फार्मेसी, प्रसूति सेवा लगायतका सुविधा नियमित सञ्चालनमा रहेको अस्पतालका प्रशासन जनाएको छ ।

जिल्ला अस्पताल दैलेखमा अघिल्लो गत आर्थिक बर्षमा मात्रै ४४ हजार भन्दा बिढीले सेवा लिइसकेको अस्पताल प्रशासन जनाएको छ । अस्पतालमा अहिले दैनिक १सय ५०देखि करिब २सय जतिको हाराहारीमा सेवाग्राही आउने गरेको गरेको छन् । अस्पतालमा जिल्लाका११ स्थानिय तहका बिरामीले पनि सेवा लिइरहनुभएको जिल्ला अस्पताल दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार
प्रतिक्रिया