दैलेख, वैशाख २८ गते । दैलेखको भैरवी गाउँपालिका की अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ पर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दिएको जानकारीअनुसार एक स्थानीय व्यक्तिलाई दिइएको पाँच लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उहाँविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बराल ले बैंकिङ कसुरमा मुद्दा दर्ता भएपछि अध्यक्ष शाही आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिनुभयो।
हाल अध्यक्ष शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार








